Thanks for visiting our site

Friday, April 26, 2013

Gajal


हेर्दै जाउ तिमी म यस्तो धार बनाउछु
अब यो लेख्ने कलमलाई तरबार बनाउछु

थाहा भो मलाई यहाँ संबिधान बन्दैन
त्यसैले त छुट्टै म मेरो सरकार बनाउछु

देशलाई दाईजो सम्झने नेताहरु हो सुन
रणभुमी मै उत्री तिमीहरुको हार बनाउछु

मै हु सुगन्धित फुल यो देशको भन्छौ अरे
पख सुगन्ध निकाली तिमीलाई झार बनाउछु

सक्छौ त उत्र रणभुमिमा बन्दुक् लिएर आउ
म पनि आफ्नै गजललाई हतियार बनाउछु

                                                   By.  Badal Sharma

No comments: