Thanks for visiting our site

Friday, April 26, 2013

Gajal


हेर्दै जाउ तिमी म यस्तो धार बनाउछु
अब यो लेख्ने कलमलाई तरबार बनाउछु

थाहा भो मलाई यहाँ संबिधान बन्दैन
त्यसैले त छुट्टै म मेरो सरकार बनाउछु

देशलाई दाईजो सम्झने नेताहरु हो सुन
रणभुमी मै उत्री तिमीहरुको हार बनाउछु

मै हु सुगन्धित फुल यो देशको भन्छौ अरे
पख सुगन्ध निकाली तिमीलाई झार बनाउछु

सक्छौ त उत्र रणभुमिमा बन्दुक् लिएर आउ
म पनि आफ्नै गजललाई हतियार बनाउछु

                                                   By.  Badal Sharma

Monday, April 22, 2013

Muktak



रुहाई–रुहाई आँशुको मुल सुकाएर गयौ ।
छिया–छिया पारी मुटु, मन दुखाएर गयौ ।।
बन्यौ आफू पानी माथीको ओभानो,
दोसी बनाई दुनियाँ माझ शिर झुकाएर गयौ ।।


Muktak


सक्छौ भने नेताहरुको खोक्रो आश्वसन र भाषण बन्द गराउ
रैती मरिरहने आलिशन मा बसि खाने तीनका राशन बन्द गराउ
के के तन्त्र मन्त्र फाप्दैन यो देशमा, गरिखानेलाई पनि सास्ती कती
राजनीति रुपी व्यापार तीनका बन्द रुपी शासन बन्द गराउ ।।

Saturday, April 20, 2013

Bring for eye checkup camp

तनहूँ लायन्स कल्ब र हिमालयन आँखा हस्पिटल पोखराको संयुक्त आयोजनामा साभुङ्गभगवतीपुर गा.वि.स. तनहूँमा संचालित आँखा शिविर मा एक वृद्धलाई आँखा जाँचको लागि बोकेर लगिदै गरेको दृश्य ।

At chipchipye village

धुरीमा भालेको डाँको

डोको बोक्ने रहर


Thursday, April 18, 2013

scene of heaven

scene of himalayn ranges and the lovely hills along with rivers is likely as heaven in the earth.